Connect with us
Kapilvast Forest

जनयुद्धलाई अपराधीकरण गर्न खोजिए इतिहास दोहोरिन सक्ने चेतावनी

२०७९, २२ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौँ- तत्कालीन नेकपा (माओवादी) र सात राजनीतिक दलहरूबीच भएको विस्तृत शान्ति सम्झौताअनुसार शान्ति प्रक्रिया निष्कर्षमा पुगेका छैन। सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगमार्फत शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याउने काम भइरहेको छ।

तर जनआन्दोलनमा मारिएका मानिसलाई लिएर प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध रिट दर्ता गर्नु भनी सर्वोच्च अदालतले आदेश दिएपछि विभाजित माओवादीहरूको एउटै स्वर देखिएको छ।

जनयुद्धका शहीद तथा बेपत्ता सन्तती फाउन्डेसनद्वारा आइतबार यहाँ आयोजित कार्यक्रममा माओवादीबाट विभाजित छवटा पार्टीका नेताहरूले माओवादी आन्दोलनलाई अपराधीकरण गर्र्न खोजिए इतिहास दोहोरिनेसम्मको चेतावनी दिनुभयो। साथै तत्कालीन माओवादी शक्तिहरू अब एक भएर अघि डढ्नुपर्नेमा नेताहरूले जोड दिनुभयो।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हजारौँ शहीद र बेपत्ताका सपना बदनाम गराउँदैमा बदनाम नहुने उल्लेख गर्नुभयो। उहाँले माओवादी शक्तिहरू एक भएमा विजयको यात्रा फेरि तय गर्न सकिने भन्दै विभाजित माओवादीहरू एक हुने समय आएको टिप्पणी गर्नुभयो।

उहाँले भन्नुभयो माओवादी धार एकजुट भएमा एउटा शक्ति हुन्छ। प्रतिक्रियावादी तत्वहरू कमजोर हुन्छन्। माओवादीले विजयको यात्रा पुनः सुरु गर्न सक्छ भन्ने मेरो विश्वास विल्कुल घटेको छैन। वादी शान्ति प्रक्रियामा आएपछि विभिन्न भँगालाका रूपमा विभाजित भएको तर समयको गतिमा बग्दै जाँदा सबै भँगालाहरू मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आएको समेत उहाँले चर्चा गर्नुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu