Connect with us
Kapilvast Forest

साहुखर्कमा भैँसी पालेर खीरको व्यापार

२०७९, २२ फाल्गुन सोमबारमा प्रकाशित

डडेल्धुरा- सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै राजमार्ग महाकाली राजमार्गको साहुखर्क हुँदै यात्रा गर्ने जोकोही यात्रुले खीरको स्वाद नचाख्नु अचम्म मानिन्छ। २०३२ सालदेखि साहुखर्कमा खीर बेच्दै आएका शेरबहादुर देउवाको परिचयन नै खीरबाजेका रूपमा प्रख्यात छ।

गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा खीरको व्यापार गरेरै देउवाले करिब ४० रोपनी जमिन जोड्नुभएको छ। त्यो जग्गालाई पक्की पर्खालले घेर्नुभएको छ। उहाँले हालसम्म करिब ३० लाख रुपियाँ लागतमा आफ्नो खेतबारीका गह्रा–कान्लामा पक्की पर्खाल लगाउनुभएको छ।

२०२४ सालदेखि महाभारत पर्वत क्षेत्रको साहुखर्कमा उहाँले भैँसी पालन गर्दै आइरहनुभएको छ। उहाँको भैँसी पाल्ने खर्कमा २०३२ सालमा सडक पुग्यो। र उहाँले भैँसीको दूघको खीर पकाएर बेच्न थाल्नुभयो।
भैँसी पाल्ने खर्क भएर सडक डडेल्धुरा बैतडी डोटी गयो।

सडकमा काम गर्नेहरू खर्कमा बस्न थाले। सडक खनिएपछि गाडी चल्न थाले। ८१ वर्षीय देउवाले भन्नुभयो अनि मैले त्यति बेला खीर पकाएर एक प्लेटको पाँच रुपियाँका दरले बेच्न थाले। सडक किनारमा काठको सानो टहरा बनाई खरले छानो छाएर खीर बेच्न थाल्नुभएका देउवाले हाल सोही स्थानमा दुईवटा पक्की भवनसमेत बनाउनुभएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu