Connect with us
Kapilvast Forest

खोटो बन्यो सामुदायिक वनको आम्दानी

२०७९, २२ फाल्गुन सोमबारमा प्रकाशित

घोराही- दाङमा सामुदायिक वन समूहले सल्लाको खोटो बिक्री गरेर आम्दानी गर्न थालेका छन्। जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समूहले जङ्गलमा रहेका सल्लाको रुखबाट उत्पादन हुने खोटो बिक्री गरेर वार्षिक रूपमा लाखाैँ रुपियाँ आम्दानी गर्ने गरेका हुन्।

योसँगै बोक्रा ताछेर सल्लाको रुखबाट खोटो निकाल्नाले गर्मी मौसममा डढेलोका कारण सल्ला मर्दै जाने समस्या पनि रहेको छ। वन समूहले सल्लाको खोटो बिक्री गरेर भएको आम्दानी वन समूहकै संरक्षणसँगै गाउँका लागि खानेपानीलगायत सामाजिक कार्यमा लगाउने गरेका छन्।

बङ्गलाचुली गाउँपालिका–८ स्थित ओखलढुङ्गा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहामगरले आफ्नो वन समूहले यस वर्ष करिब दुई लाख ५० हजारसम्म मूल्यको खोटो बिक्री गरेको जानकारी दिनुभयो।

सो समूहबाट दीपमाला रोजिन टर्पिनटाइन कम्पनी बाँकेले प्रतिकेजी १२ रुपियाँका दरले सल्लाको खोटो खरिद गर्ने गरेको छ। सल्लाका रुखबाट कम्पनीले प्रतिकेजी १२ रुपियाँका दरले खोटो खरिद गर्दा स्थानीय तहलाई राजस्वसमेत तिर्ने गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu