Connect with us
Kapilvast Forest

वित्तीय संस्थालाई बढ्दो सुरक्षा चुनौती

२०७९, २२ फाल्गुन सोमबारमा प्रकाशित

वोदेवर्साइन- आर्थिक तरलतासँगै लेनदेन मिटरब्याजसम्बन्धी सप्तरीमा बढ्दो उजुरीले आर्थिक क्षेत्रमा काम गर्ने सङ्घ संस्था तथा कर्मचारीको सुरक्षा चुनौती थपिएको छ । आर्थिक लेनदेन तथा मिटरब्याजीसम्बन्धी हालसम्म जिल्लामा दुई सय २४ वटा उजुरी दर्ता भैसकेको छ । जसमध्ये २१ वटा उजुरी कारबाही प्रक्रियामा अगाडि बढाइएको प्रहरीलेजानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयमा दैनिकजसो आधा दर्जनजति लेनदेनका लिखित उजुरी पर्दैआएको जिल्ला प्रहरी कार्यालयको उजुरी शाखाका कर्मचारी गोविन्द पोखरेलले जनाए । जिल्ला प्रहरी कार्यालयले यस्ता चुनौतीलाई मध्यनजर गरी जिल्लामा आर्थिक क्षेत्रमा काम गर्दैआएका सहकारी बैङ्कलगायतका वित्तीय संस्थाहरूको सञ्चालक र कर्मचारीको सुरक्षामा हामी थप निगरानी राख्ने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu