Connect with us
Kapilvast Forest

खुले ढोरपाटनका विद्यालय

२०७९, २४ फाल्गुन बुधबारमा प्रकाशित

बागलुङ- अत्यधिक चिसो बढेपछि करिब एक महिना बन्द भएका बागलुङको ढोरपाटन नगरपालिका–९, ढोरपाटन उपत्यकाका विद्यालय पुनः सञ्चालनमा आएका छन्। जाडो छल्न बेँसी झरेका बालबालिका गर्मी मौसमको सुरुवातसँगै ढोरपाटन उक्लेपछि विद्यालय सञ्चालन गरिएको हो। गत पुस १८ गतेदेखि बन्द भएका विद्यालय फागुन पहिलो सातादेखि सञ्चालनमा आएका हुन्।

चिसो बढेपछि ढोरपाटन उपत्यकाको विकास आधारभूत विद्यालय, सल्लाथान प्रावि, ढोरपाटन दुर्गम प्रावि, बालज्योति प्रावि, सिद्धथान प्राविको पठनपाठन बन्द गरिएको थियो। विद्यालय बन्द भएपछि चिसो छल्न विद्यार्थी अधिकारीचौर, बोवाङ, बुर्तिवाङतिर झरेका थिए। फागुन लागेपछि बालबालिका ढोर क्षेत्र फर्केको ज्योति विकास आधारभूत विद्यालयका शिक्षक श्याम विकले जानकारी दिनुभयो।

ढोरपाटन उपत्यका विद्यालयले असार, साउनमा हुने बर्खे बिदा गर्दैनन्। बर्खे बिदा नलिने विद्यालयले चिसो बढेपछि हिउँदे बिदा लिने ढोरपाटन नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक ज्ञानेन्द्र सापकोटाले जानकारी दिनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu