Connect with us
Kapilvast Forest

अलौकिक खप्तड

२०७९, २७ फाल्गुन शनिबारमा प्रकाशित

नौजवान मेडिकल डाक्टर गम्भीर बिरामी बालकलाई बचाउन दिनरात खट्नुहुन्छ । आफूले जानेका सबै नुस्खा प्रयोग गर्नु हुन्छ तर बालकमा कुनै सुधार हुँदैन । नौजवान डाक्टर नरमाइलो मानेर बालकको छेउमा उभिरहनुहुन्छ ।

एक जना नेपालतिरका साधु अकस्मात आइपुग्छन् । साधुले बिरामी बालकलाई मायालु पाराले सुम्सुम्याउँछन् । केही मन्त्र पढ्छन्– फु फु चट् भन्दै आफूसँग भएको खरानीको टीका लगाइदिन्छन् । केहीबेरमै बालक खेल्न थाल्छ । एक किसिमको चमत्कार हुन्छ । विज्ञानमाथि अध्यात्मले विजय पाउँछ । विज्ञानको स्रोत पनि त अध्यात्म नै हो ।

कश्मीरका सम्भ्रान्त दुर्गा पण्डितका सन्तान बेलायतबाट डाक्टर उपाधि पाएर कलकत्ता मेडिकल कलेजमा कार्यरत त्यो बेलाका विश्वप्रसिद्ध नौजवान डाक्टरको मनमा चिसो पस्छ । आफ्नो ज्ञान शिक्षा र पेसादेखि दिक्क लाग्छ । कसैगरी चित्त बुझ्दैन । अनि यी सबै छोडेर उहाँ बनारसतिर लाग्नुहुन्छ ।

नौजवान डाक्टरलाई बालकको उपचार गर्ने त्यो नेपाली साधुसँग भएको ज्ञान प्राप्त गर्ने भोक जाग्छ । अनि इलाम काठमाडौँ कालिञ्चोक जुम्ला अछाम बाजुरा बझाङ हुँदै डोटीको शिर खेचराद्री पर्वतमा तपस्या गर्न पुग्नुहुन्छ । पूर्वीय दर्शन साहित्य र ज्ञानको मार्ग समात्नु हुन्छ र हामीमाझ उहाँ १००८ स्वामी सच्चिदानन्द सरस्वती र खप्तडबाबाको नामले चिनिनुहुन्छ ।

खप्तडबाबाले ५० वर्ष खप्तड क्षेत्रमा तपस्या गर्नुभयो । विचार विज्ञान धर्म विज्ञानजस्ता धेरै पुस्तक लेख्नुभयो । विज्ञान र अध्यात्मको संयुक्त प्रकाशको ज्योति नै खप्तडबाबाको परिचय हो । उहाँ अध्यात्मलाई विज्ञानको कसीमा राखेर दूधको दूध पानीको पानी छुट्याउने सशक्त विद्वान् त्यागी योगी हुनुहुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu