Connect with us
Kapilvast Forest

पाल्पामा टिपर दुर्घटना, चालककाे मृत्य

२०७९, २८ फाल्गुन आईतवारमा प्रकाशित

पाल्पा – पाल्पामा टिपर सडकबाट तल खस्दा टिपर चालकको निधन भएको छ भने सहचालक घाइते भएका छन् ।

पाल्पाको माथगढी गाउँपालिका-६ चिलेपानीमा पाल्पा चुनढुङ्गा खानीतर्फ जाँदै गरेको लु २ ख ११९६ नम्बरको खाली टिपर आज बिहान ६:४५ बजे सडकबाट अन्दाजी ४० मिटर तल खसेर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा टिपर चालक रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका-११ गणेशनगर बस्ने बर्ष ४० को बिष्णु गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी वीरेन्द्र थापाले बताउनुभयाे ।

डिएसपी थापाका अनुसार, सोही टिपरमा सवार जिल्लाको माथागडी गाउपालिका-७ झडेवा बस्ने बर्ष ५० को हुम बहादुर परियार घाईते भई उपचारको लागी तानसेनतर्फ पठाइएको छ ।

सहचालक परियारको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । उनको अवस्था चिन्ताजनक नभएको बताइएको छ

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu