Connect with us
Kapilvast Forest

भरतपुरमा २२० केभीको नयाँ सबस्टेशन तयार

२०७९, २८ फाल्गुन आईतवारमा प्रकाशित

चितवन- चितवनको भरतपुर महानगरपालिका वडा नं. १ आँपटारीमा २२० केभीको नयाँ सबस्टेशन तयार भएको छ । आयोजना प्रमुख नारायण रेग्मीले दिएको जानकारी अनुसार अहिले सबस्टेशन परीक्षणको काम चलिरहेको छ । अर्को महिना सबस्टेशन चार्ज गरिने उनले जानकारी दिए ।

सबस्टेशन तयार भयो अर्को महिना चार्ज गर्ने योजनामा छौं रेग्मीले भने विभिन्न समस्याहरू भोग्दै केही ढिला भए पनि सबस्टेशन तयार भएको छ । सबस्टेशनको केही दिन अगाडि नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ्गले अवलोकन गरी फर्किएका थिए ।

सबस्टेसनमा १६०÷१६० एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर रहने छन् । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका तयार भएको सबस्टेशनमा तनहुँ जलविद्युत आयोजना १४० मेगावाटबाट उत्पादित विद्युत पनि ल्याएर जडान गरिनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu