Connect with us
Kapilvast Forest

कोशी प्रदेशमा हड्ताल सार्वजनिक सवारी साधन सञ्चालन हुन सकेनन्

२०७९, २८ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं- पहिचानवादीहरूले आज कोशी प्रदेशमा हड्ताल गरेका छन् । प्रदेश नामाकरणको विषयलाई लिएर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दल र संघसंस्थाहरूले प्रदेशमा हड्ताल गरेका हुन् ।

बन्दकर्ताले पूर्वपश्चिम राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् । चोकमा जम्मा भएर बन्द गराएपछि राजमार्गमा छिटफुटमात्रै सवारीसाधन देखिएका छन् । सार्वजनिक सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

प्रदेश सभाले यही फागुन १७ गते बहुमतले प्रदेशको नाम कोशी पारित गरेको थियो । पहिचानवादीहरूले भने पहिचानलाई ख्याल नगरी दलहरूले प्रदेशको नामाकरण गरेको भन्दै विरोध गर्दै आएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu