Connect with us
Kapilvast Forest

केन्द्रमा नयाँ समीकरण बने पनि बागमतीको मुख्यमन्त्री फेरिंदैन : मन्त्री श्रेष्ठ

२०७९, २८ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं- वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले केन्द्र सरकारमा नयाँ गठबन्धन बने पनि बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले बागमती प्रदेशमा केही असर परे पनि नेतृत्व भने परिवर्तन नहुने बताएका हुन् । मन्त्री श्रेष्ठले भने गठबन्धन तलमाथि हुँदै गर्दाखेरी वागमती प्रदेशमा केही असरहरु त पर्लान् । म पर्दैपर्दैन भन्दिनँ । तर बागमती प्रदेशको सरकारको नेतृत्व चाहिँ परिवर्तन हुन्छ जस्तो मलाई लाग्दैन ।

केन्द्रमा नेकपा एमालेसँगको गठबन्धन कायम रहेको बेलामा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल बागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए । केन्द्रमा कांग्रेससहितको गठबन्धन बनेपछि प्रदेश सरकारमा पनि समीकरण फेरबदलको गृहकार्य भइरहेकोबेला मन्त्री श्रेष्ठले आफूहरुले राष्ट्रिय सहमतीका लागि प्रयास गर्ने बताए । तर जबरजस्ती सरकारमा बस्नुस् भनेर भन्न नसक्ने उनको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu