Connect with us
Kapilvast Forest

१४ वर्षदेखि साउदीमा बेपत्ता

२०७९, २८ फाल्गुन आईतवारमा प्रकाशित

उर्लाबारी- घर परिवारका समस्या टार्न विदेसिनुभएका मोरङको पथरीशनिश्चरे– ३ का शुक्रराज तामाङ १४ वर्षदेखि साउदी अरबमा बेपत्ता हुनुहुन्छ । काठमाडौँको जुपिटर ओभरसिजबाट २०६५ साल भदौ १७ गते साउदी अरबका लागि उड्नु भएका तामाङले उहाँ पुगेपछि एक पटक मात्र फोन गर्नुभयो ।

काममा लागें भनेर जानकारी गराएदेखि उहाँले फोन नगरेको र हालसम्म बेपत्ता भएको बताउनुभयो । न पत्र पठाउनुभएको छ । कान्छी छोरी सोममाया माझीले भन्नुभयो–बुबा घरबाट हिँड्दा म ८ वर्षकी थिएँ । अहिले बिहे भएको पनि २÷३ वर्ष भइसक्यो ।

भाइ त झन् १ वर्षको थियो । पाँच छोरी र एक छोराका बाबु शुक्रराज साउदीको वाडर इब्राहिम अल हार्जीमा लेबर काम गर्नुहुन्थ्यो । १८४८८६३ नम्बरको पासपोर्ट बाहक तामाङ मरे बाँचेको टुङ्गो नलागेपछि पाँचै जना छोरी र एउटा छोरो बाबुको खोजीमा निस्किनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu