Connect with us
Kapilvast Forest

एउटै योजनाका लागि दुई वटा उपभोक्ता समितिसँग सम्झौता

२०७९, २८ फाल्गुन आईतवारमा प्रकाशित

हुम्ला- सिमकोट गाउँपालिकाको योजना शाखाले एउटा योजनाका लागि एउटै समुदायका लागि दुई वटा उपभोक्ता समितिसँग सम्झौता गरेको पाइएको छ । गाउँपालिकाले दुई महिनाको अन्तरमा घेरवारको योजनाका लागि दुई वटा उपभोक्ता समितिसँग सम्झौता गरेको हो ।

सिमकोट गाउँपालिका– ७ का वडा अध्यक्ष बलवीर शाहीले जबुका गाउँको गोठीपोरीदेखि माल ढुङ्गासम्म घेरबार योजनाका लागि गाउँपालिकाको योजना शाखाले एउटै समुदायका दुई वटा उपभोक्ता समितिसँग सम्झौता गरेको बताउनुभयो ।

उहाँले विवाद भए सम्झौता भएको उपभोक्ता समितिलाई विवाद समाधान नगरी काम अगाडी नबढाउन पत्र काट्नुपर्नेमा त्यसो नगरी अर्को सम्झौता गर्नु नियमविपरीत भएको बताउनुभयो । उक्त योजना पाँच लाख बजेटको छ ।

बजेट भने वडाले व्यवस्था गरेको हो । उहाँले विवाद भए त्यसलाई समाधान गर्नतर्फ नगई गाउँपालिकाको योजना शाखाले गत मङ्सिर महिनामा प्रकाशबहादुर सिंह अध्यक्ष रहेको समिति र माघ महिनामा धनकला सिंह अध्यक्ष रहेको समितिसँग काम एउटै तर छुट्टाछुट्टै सम्झौता गरेको बताउनुभयो ।

योजना शाखाले मङ्सिरमा गाउँपालिकासँग सम्झौता गर्नु भएका प्रकाशबहादुर सिंह अध्यक्ष रहेको समितिलाई सम्झौतापछि काम अगाडि बढाउनका लागि कार्यादेश दिएको छ भने उक्त सम्झौताका लागि वडा अध्यक्ष शाहीको सिफारिस रहेको छ ।

पछिल्लो सम्झौताका लागि वडा अध्यक्षले सिफारिस नगरेको भए पनि मङ्सिरमा भएको सम्झौताका लागि दिएको सिफारिस नै धनकला सिंहसँग भएको सम्झौतामा नै राखिएको छ । उहाँले यसका लागि योजना शाखा जिम्मेवार रहेको बताउँदै पहिले सम्झौता भएको समितिसँग निर्माण कार्य अगाडि बढाउनुपर्ने बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu