Connect with us
Kapilvast Forest

आधा दर्जन सुक्खा बन्दरगाह निर्माण हुँदै

२०७९, २८ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौँ- बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिनका लागि मुलुकभरि थप आधा दर्जन नयाँ सुक्खा बन्दरगाह कन्टेनर फ्रेट स्टेसन निर्माण अगाडि बढाइएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई थप सहजीकरण गर्ने उद्देश्यसहित मुलुकभरि आधा दर्जन सुक्खा बन्दरगाह निर्माण अगाडि बढाइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो चीनसँग सिमाना जोडिएका पाँच र भारतसँग सिमाना जोडिएका एक ठाउँमा सुक्खा बन्दरगाह निर्माण अगाडि बढाइएको छ ।चीनतर्फ हुम्लाको यारी मुस्ताङको कोरला सङ्खुवासभाको किमाथाङ्का ताप्लेजुङको ओलाङ्चुङगोला डोल्पाको तिन्जे धो र भारततर्फ महोत्तरीको जलेश्वरमा सुक्खा बन्दरगाह निर्माण अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu