Connect with us
Kapilvast Forest

चिनियाँ पर्यटकका लागि नेपाल खुला

२०७९, २८ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौँ- चीनले आफ्ना नागरिकका लागि खुला गरेको पर्यटकीय गन्तव्य सूचीमा नेपाललाई पनि समावेश गरेको छ । चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो पटक निर्वाचित भएसँगै चीनले आफ्ना नागरिकलाई घुम्न जान खुला गरेका ४० देशको सूची सार्वजनिक गरेको हो ।

फागुन १ गतेदेखि पर्यटकका रूपमा जान पाइने सूचीमा नेपाल परेसँगै चिनियाँ पर्यटक एकल र समूहगत रूपमा नेपाल घुम्न आउने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार शुक्रबार नेपालका लागि चीनका राजदूत छन सोङसँगको शिष्टाचार भेटमा चीनका विभिन्न सहरबाट सिधा उडान खोल्ने र चीनले नेपाललाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा अगाडि सारेकोबारे छलफल भएको छ ।

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो भारतपछि धेरै नेपाल आउने पर्यटकमा चिनियाँ पर्यटक हुन् । पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्या सन्तोषजनक रूपमा बढ्दै जाँदा चीनले समेत प्रतिबन्ध खुला गरेपछि अब नेपाली पर्यटन क्षेत्र थप चलायमान हुने अपेक्षा गरेका छाैँ ।

चीनले कोरोना महामारीको नियन्त्रणको उपाय भन्दै सन् २०२० को जनवरी अन्त्यदेखि लागू हुने गरी आफ्ना नागरिकलाई विदेश भ्रमणमा रोक लगाउँदै आएको थियो । पर्यटकीय सूची सार्वजनिक गर्नुअघि नै नेपाल र चीनबीचको हवाई सेवा भने आंशिक रूपमा खुला गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu