Connect with us
Kapilvast Forest

नेपालगञ्जमै थन्कियो हुम्लाको चामल

२०७९, २८ फाल्गुन आईतवारमा प्रकाशित

नेपालगञ्ज- पश्चिम नेपालको हिमाली जिल्ला हुम्लाका लागि स्थल मार्गबाट दुई सय क्विन्टल मात्र चामल ढुवानी भएको छ । ढुवानी गर्ने समय अवधि सकिए पनि ढुवानीकर्ताले हालसम्म दुई सय क्विन्टल मात्र चामल पठाएको हो ।

गत असार मसान्तसम्म एक हजार पाँच सय क्विन्टल चामल हुम्लामा ढुवानी गर्ने गरी एलबी सप्लायर्स हुम्लाले ठेक्का लिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्ज कार्यालयका प्रमुख रामशरण लामिछानेका अनुसार ढुवानीको समयसीमा पूरा भए पनि ढुवानी नभएको जनाउनु भएको छ ।

यसबारे जिल्ला प्रशासन कार्यालय हुम्लालाई जानकारी गराएपछि सप्लायर्सले दुई सय क्विन्टल चामल मात्रै हुम्ला पठाएको थियो । बाँकी एक हजार तीन सय क्विन्टल नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयमा थन्किएको प्रमुख लामिछानेले जानकारी गर्नुभयो ।

उहाँले हुम्लामा खाद्यान्नको अभाव भएपछि आएको गुनासोपश्चात् पटकपटक ढुवानी गर्ने दबाब दिए पनि सुनुवाइ नभएको बताउनुभयो । हवाई मार्गबाट दुई हजार क्विन्टल चामल ढुवानी गर्ने कोटा रहेकोमा हालसम्म एक हजार सात सय क्विन्टल चामल ढुवानी भइसकेको शाखा प्रमुख लामिछानेले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu