Connect with us
Kapilvast Forest

सुदूरपश्चिमका ३२ क्याम्पसमा स्ववियु चुनाव हुँदै

२०७९, २८ फाल्गुन आईतवारमा प्रकाशित

कैलाली- त्रिभुवन विश्वविद्यालय त्रिवि को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनअन्तर्गत सुदूरपश्चिममा ३२ सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ । विभिन्न विद्यार्थी संघ संगठन तथा स्वतन्त्र उम्मेदवारले मनोनयन पत्र दर्ता गराएको हो ।

सुदूरपश्चिम प्रदेशमा सामुदायिक ६५ क्याम्पस रहेपनि स्ववियू निर्वाचनमा ३२ वटाले मात्र भाग लिएको जनाइएको छ । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु
निर्वाचनको कार्यतालिका अनुसार शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयन पत्र प्रत्यक्षतर्फको र समानुपातिकतर्फको नामावली दर्ता गरिएको हो ।

सुदूरपश्चिममा सबैभन्दा बढी विद्यार्थी संख्या रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा पाँचवटा संघ संगठन र स्वतन्त्रबाट गरी ३८ जना उम्मेदवारले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

घोडघोडी बहुमुखी क्याम्पस स्ववियू निर्वाचन संयोजक चेतराज बिनाडीले अध्यक्षमा २ स्वतन्त्र ५ संघसंगठनबाट उम्मेदवारी परेको जानकारी दिनुभयो । त्यसैगरी समानुपातिकतर्फका लागि नेपाल विद्यार्थी संघ अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुले मात्र बन्दसुची दर्ता गराएको निर्वाचन संयोजक बिनाडीले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu