Connect with us
Kapilvast Forest

पत्रकारमाथि भएको आक्रमणको निन्दा

२०७९, २८ फाल्गुन आईतवारमा प्रकाशित

धनगढी- कैलालीको धनगढीमा कार्यरत पत्रकार शेरबहादुर ऐरमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघसहित पत्रकारका सङ्गठनले निन्दा गरेका छन्। आइतबार छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरेर पत्रकार ऐरमाथि भएको आक्रमणको निन्दा गरिएको हो। धनगढी उपमहानगरपालिका–२ मा रहेको रुबस होटलको परिसरमा शनिबार राति १० बजेतिर उहाँमाथि आक्रमण भएको थियो।

नचिनिएको व्यक्तिबाट भएको आक्रमणबाट पत्रकार ऐरको टाउकोमा गम्भीर चोट लागेको छ। उहाँको टाउकोमा पाँच वटा टाँका लागेको जनाइएको छ। होटल परिसरमा अचेत अवस्थामा फेला पर्नु भएका पत्रकार ऐरको सेती प्रादेशिक अस्पतालमा उपचार भएको थियो।

होटलमा भएको कार्यक्रममा सहभागी भएर बाहिर निस्किने क्रममा पत्रकारमाथि आक्रमण भएको नेपाल पत्रकार महासंघ कैलालीले जनाएको छ। कुनै पनि सञ्चार माध्यममा प्रकाशित÷प्रशासरित समाचारप्रति चित्त नबुझे प्रचलित विधि र कानुन अनुरुप जान सकिने प्रावधान हुँदाहुँदै पत्रकारमाथि आक्रमण गर्नु प्रेस स्वतन्त्रतामाथिको आक्रमण रहेको महासंघले जनाएको छ।

आक्रमण संलग्न दोषीलाई पत्ता लगाएर कडाभन्दा कडा कानुनी कारबाही गर्न प्रशासनसंग महासंघले माग गरेको छ। यसैगरी नेपाल प्रेस युनियन प्रेस सेन्टर नेपाल नेपाल फोटो पत्रकार महासंघ नेपाल कृषि पत्रकार महासंघ लगायतकाले घटनाको भत्र्सना गरेका छन्। साथै घाइते पत्रकार ऐरकोस्वास्थ्य लाभको कामना गरिएको छ।

मेडिकल र स्वास्थ्य क्षेत्रमा भइरहेको विकृतिको विरुद्धमा समाचार लेखेका कारण उहाँमाथि सुनियोजित तरिकाले आक्रमण भएको नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य पुष्पराज जोशीले जिकिर गर्नुभयो।

पत्रकार ऐर धनगढीको रुबस होटलमै भएको चिकित्सकको क्षेत्रीय भेलामा सहभागी हुन जानु भएको थियो। साँझ चिकित्सक र मेडिकल सञ्चालकको रुबस होटलमा जमघट भएका बेला उहाँमाथि नियोजित तरिकाले आक्रमण गरिएको पत्रकारको जिकिर छ।

घटनाको विषयमा छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। घटनाको बारेमा बुझ्ने होटलको सीसी टिभी फुटेज जाँचबुझ गर्ने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu