Connect with us
Kapilvast Forest

महाराजगंज नगरपालिका वडा नं ११ मा सिलाई कटाई तालिम शुरु

२०७९, २८ फाल्गुन आईतवारमा प्रकाशित

कपिलबस्तु

कपिलबस्तुको महाराजगंज नगरपालिका ११ नं वडा कार्यालयको सहयोग तथा कपिलबस्तु कम्प्युटर टेक्निकल एण्ड ट्रेनिङ ईन्चियुटको आयोजनामा  ४५दिने आधारभूत सिलाई कटाई तालिम शुरु भएको छ ।

तालिमको उद्घाटन गर्दै महाराजगंज नगरपालिकाको नगर उप-प्रमुख रीता कुमारी कुर्मीले मानिसको जीवनमा सिप महत्वपूर्ण हुन्छ, सिपले जीवनमा परिर्वतन ल्याउने बताउनु भएको छ ।

मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै मेहनतका साथ सिप सिके उसको जीवनमा परिर्वतन ल्याउने छ ।  मेहनतका साथ सिप सिके सफलता हासिल गर्न कुनै समस्या पर्दैन ।

श्रमले मानिसलाई सम्मानित बनाउँछ । श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुनेछ उप-प्रमुख कुर्मीले बताउनु भयो ।

सिलाई कटाई तालिमपछि ग्राहकको रुचि अनुरुप ड्रेस मेकिङ गर्न सक्ने एक दक्ष प्राविधिक बन्ने भएकाले तालिममा सहभागिहरुलाई मेहनतका साथ तालिममा सहभागि हुन वडा नं ११ को वडा अध्यक्ष धर्मेन्द्र कुमार पुरीले अनुरोध गर्नु भयो ।

 सिप र दक्षताले मानिसको भबिष्य निधारण गर्ने भएकाले त्यसलाई ख्याल गरि काम गर्न आग्रह गर्नु भयो ।सरकारी स्तरबाट दिएका तालिमहरुको महत्व हुने भएकाले तालिमपछि सहभागिहरुले हासिल गर्ने सिपलाई परिक्षण गरि प्रमाण पत्र प्रदान गरिने भएकाले तालिममा ध्यान दिन वडा अध्यक्ष धर्मेन्द्र कुमार पुरीको आग्रह थियो ।

कार्यक्रममा वडा नं ११ को वडा सदस्य अवधेश यादवले सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यको साथ तालिम सञ्चालन गरिएको बताउनु भयो ।

हामीले दिएको तालिमले महिला दिदि बहिनीहरुलाई स्वरोजगार आत्म निर्भर बनाउने भएकाले यसले आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पुर्याउने भएकोले तालिम सक्रिय सहभागी हुन अनुरोध गर्नु भयो ।

महाराजगंज नगरपालिका वडा नं ११ भित्रका २० जना  महिलाहरुलाई ४५ दिन  प्रशिक्षण दिईने ११ नं वडाका वडा सचिव प्रदिप कुमार कहाँर सिहँले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu