Connect with us
Kapilvast Forest

कृषि क्षेत्रमा सुधार आवश्यक

२०७९, २९ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौँ- देशको आर्थिक अवस्था उठाउन कृषि र किसानको अवस्था सुधार्नुपर्ने आवश्यकता रहेको काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताले जानकारी गर्नु भएको हो ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २२औँ स्थापना दिवसका अवसरमा उहाँहरूले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउँदै कृषिजन्य वस्तुको भण्डारण प्रशोधन र बजारीकरणमा ध्यान दिन सके अर्थतन्त्र सुधारको बाटो खुल्ने जानकारी दिनुभएको छ ।

साना किसान लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठक संस्थाले साना किसान कृषि सहकारी संस्थामार्फत सदस्य किसानलाई सेवा प्रदान गर्दै आइरहेको बताउँदै यस संस्थामा कुनै समस्या नरहेको दाबीपनि गर्नुभएको हो ।

अहिले एक हजार ४५९ साझेदार साना किसान कृषि सहकारी संस्थामार्फत साना किसान विकास लघुवित्तले सेवा प्रवाह गरिरहेको जनाउँदै उहाँले आफ्नो सञ्जालका संस्थामा बजारमा भनिएजस्तो समस्या नरहेको जानकारी गर्नुभयो ।

कार्यक्रममा कृषि विकास बैङ्कका पूर्व अध्यक्ष श्रीकृष्ण उपाध्यायले कृषि क्षेत्रमा लगानी मात्र नभई उत्पादनको बजारीकरणमा समेत ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउँदै । उहाँले ग्रामीण क्षेत्रमा राम्रो काम गरेका कृषि सहकारी संस्थाका सदस्य किसानलाई उत्साह बढाउन सरकारले त्यस्ता सहकारीको पहिचान गरी कृषिका कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु पर्ने बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu