Connect with us
Kapilvast Forest

मुहानमा पानी सुकेपछि खानेपानीको हाहाकार

२०७९, २९ फाल्गुन सोमबारमा प्रकाशित

हुम्ला- सदरमुकाम सिमकोट बजारका लागि पानीको आपुर्ती हुँदै आएको हुमाने खोलाको मुहानमा पानी सुकेपछि उपभोक्ताहरूलाई पानीको हाहाकार भएको थियो । हिउँदमा हिमपात राम्रो नहुँदा सुख्खा लागेसँगै मुहानको पानी सुक्दा पानीको समस्या भएको छ ।

उहाँले दुई हप्तादेखि धारामा पानी आक्कलझुक्कल रूपमा आउने गरेको बताउँदै खोलाको मुहानको पानी सुकेपछि पानीको हाहाकार भएको जानकारी दिनुभएको हो ।

उहाँले हप्तामा एक देखि दुई दिन धारामा एक घण्टासम्म मात्र पानी आउने र बाँकी दिन पानी नै नआउने भएको कारण छिमेकी र तीन धाराबाट पानीको व्यवस्था गर्नुपरिरहेको जनाउनु भयो ।

सदरमुकाम समेत रहेको सिमिकोट गाउँपालिका ५ ६ र बजारमा उक्त खोलाको पानी आपूर्ति हुँदै आएको छ । सिमिकोट बजारका उपभोक्ता अर्जुन परियारले धारामा पानी आउनै छोडेको बताए ।

बर्खायाममा पानी राम्रो आउने गरेको भए पनि यस वर्ष हिउँद निक्कै कम हिमपात भएको कारण पानीको समस्या भएको बताउँदै उहाँले अझै जेठ असारमा यो समस्या झनै बढ्ने पनि जानकारी दिएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu