Connect with us
Kapilvast Forest

प्रतितोला छ सयले बढ्यो सुनको मूल्य

२०७९, २९ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौँ- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रू. छ सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रू. एक लाख तीन हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रू. एक लाख चार हजार एक सय तोकिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू. १० वृद्धि भई रू. एक हजार दुई सय ५५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू. एक लाख तीन हजार छ सय छ । यसको मूल्य अघिल्लो दिनको मूल्य रू. एक लाख तीन हजार रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu