Connect with us
Kapilvast Forest

उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिने प्रमिला यादवको घोषणा

२०७९, २९ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौं- जनता समाजवादी पार्टी जसपाकी सांसद प्रमिला यादवले उपराष्ट्रपति पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी छन् । र पार्टीकै नेता रामसहाय यादवलाई समर्थन गरेकी हुन् । जसपा नेताहरुका अनुसार अब भोलि मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने छ र रामसहाय यादव नै आधिकारिक उम्मेदवार भएको निर्णय गर्नेछ ।

तर निर्वाचन आयोगले पुरुष रामचन्द्र पौडेल राष्ट्रपति भएकाले उपराष्ट्रपतिमा महिला वा अन्य उम्मेदवार हुनुपर्ने तर्क गरेपछि जसपा झस्कियो । जसपाले महिला र पुरुष दुवै उम्मेदवार बनाउन चाह्यो जसमा नेताहरु सहमत भए ।

किनकी १२ फागुनमै नेपाली कांग्रेस माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले उपराष्ट्रपति जसपालाई दिने सहमति गरेका थिए । सत्ता गठबन्धनबाट रामसहाय र प्रमिलासँगै जनमत पार्टीकी ममता झा उम्मेदवार छिन् ।

जसपाले प्रतिनिधिसभा संसदीय दलका नेता रामसहाय र राष्ट्रियसभा सदस्य प्रमिलालाई उम्मेदवार बनायो । रामसहायको उम्मेदवारीविरुद्ध एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेका थिए ।

शनिबार बिहान बसेको सत्तारुढ १० दलको बैठकले जसपालाई दुई महिला र पुरुष उम्मेदवार गर्न अनुमति दिएको थियो । २५ फागुनमा जसपाले संसदीय दलका नेता रामसहायलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu