Connect with us
Kapilvast Forest

नेपाल मगर संघ प्रदेश अध्यक्षमा डि.वि निवार्चित

२०७९, २९ फाल्गुन सोमबारमा प्रकाशित

नेपाल मगर संघ लुम्बिनी प्रदेशको दोस्रो अधिबेशनले अध्यक्षमा डि.वि. थापा मगरलाई चयन गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिकामा फागुन २७ देखि २८ गते सम्म संचालन भएको अधिबेशनले नवलपरासीका थापा मगरको अध्यक्षतामा ४९ सदस्यीय प्रदेश समिति चयन गरेको छ ।

समितिको मुख्य सचिवमा कपिलवस्तुका कुल बहादुर सोमै कोषध्यक्षमा अर्घाखाँचीका तारा पुनलाई चयन गरिएको नेपाल मगर संघ कपिलवस्तु शिवराज नगर समितिका अध्यक्ष निरज बुढाले जानकारी दिनु भयो ।

२८ गते राती अबेर सम्म सहमतिको प्रयास पछि सर्वसम्मत रुपमा प्रदेश समिति चयन गरिएको उहाँले बताउनु भयो । अधिवेशन सम्पन्न गर्नका लागि अहोरात्र खट्नुहुने नेपाल मगर संघ कपिलवस्तु जिल्ला र शिवराज नगरपालिका सम्पूर्ण पदाधिकारी सदस्यहरु केन्द्रीय पदाधिकारी हरु निवर्तमान प्रदेश समितिका

पदाधिकारी स्वयमसेवकहरु विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधिहरु विभिन्न क्षेत्रबाट सहयोग र सद्भाव राख्नुहुने सवैप्रति नगर अध्यक्ष बुढाले धन्यवाद समेत व्यक्त गर्नु भयो । २ दिन सम्म चलेको अधिबेशनमा प्रदेशका विभिन्न जिल्लाहरुबाट करिब ३ सय जना प्रतिनिधीहरुको सहभागिता रहेको उहाँले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu