Connect with us
Kapilvast Forest

सम्भावित जोखिमबाट जोगिन समाजवादी मोर्चा : प्रचण्ड

२०७९, ३० फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौं- दश दलीय मोर्चाका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणको पहल गर्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले २७ फागुनमा केही दिनभित्रै समाजवादी मोर्चा र त्यसैको जगमा शक्तिशाली कम्युनिष्ट पार्टी बनाउन पहल गर्ने बताएका हुन् ।

समाजवादी मोर्चा निर्माणको प्रयास पहिलो पटक भएको होइन । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपा को एकता प्रक्रिया भंग गर्ने २३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसला लगत्तै प्रचण्डले समाजवादी मोर्चा निर्माणको पहल गरेका थिए ।

शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ । यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरूरी छ समाजवादी मोर्चाको आवश्यकताबारे प्रचण्डले भनेका छन् ।

त्यसबेला औपचारिक रुपमा विभाजित भइनसकेका माधवकुमार नेपाल र जनता समाजवादी पार्टी जसपा नेता रहेका डा.बाबुराम भट्टराई सहितको मोर्चा बनाउने प्रचण्डको प्रयास थियो । तर सफल हुन सकेन माधव नेपालले आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी र भट्टराईले जसपाबाट अलग भएर नेपाल समाजवादी पार्टी नेसपा बनाए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu