Connect with us
Kapilvast Forest

पूर्वाधार विकास कार्यालयद्वारा ८५ प्रतिशत योजना सम्झौता

२०७९, ३० फाल्गुन मंगलवारमा प्रकाशित

वालिङ- पूर्वाधार विकास कार्यालय स्याङ्जाले झण्डै ८५ प्रतिशत योजना सम्झौता गरी निर्माणकार्य थालनी गरेको छ । चालु आर्थिक वर्षका दुई सय ६८ योजनामध्ये २२५ योजना सम्झौता गरी निर्माण गर्न थालनी भएको छ ।

योजना निर्माण गर्न विनियोजित कुल बजेटमध्ये हालसम्म ३२ प्रतिशत पुँजीगत खर्च गर्न सफल भएको अर्याल भन्नु भएको छ । कुल योजनामध्ये सम्झौता हुन ४३ योजनालाई तत्काल सम्झौता गरी निर्माण थालनी गर्न लागेको अर्यालले बताउनुभयो ।

चालु आर्थिक वर्षका लागि सङ्घीय र प्रदेश सरकारबाट दुई सय ६८ योजना निर्माण गर्न एक अर्ब ३१ करोड ८४ लाख ३८ हजार विनियोजन भएको छ । ५५ योजना सम्पन्न गरेर विनियोजित रकमबाट कार्यालयले ४२ करोड ७६ लाख ७९ हजार ९ सय १७ रुपियाँ भुक्तानी गरी सकेको कार्यालयका निमित्त प्रमुख सन्तोष अर्यालले जानकारी गर्नुभएको छ । योजना सम्झौतामा ढिलाइ महँगीलगायतका कारणले समयमै पुँजीगत खर्च गर्न नसके पनि वार्षिक लक्ष्यअनुसार योजनाका काम शुरु भएको कार्यालयले बताएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu