Connect with us
Kapilvast Forest

स्वदेश फर्कियो यू २० : महिला टोली

२०७९, ३० फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौं- प्यालेस्टाइनमा सम्पन्न एएफसी यू–२० महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली मङ्गलबार बिहान स्वदेश फर्किएको छ । छनोट खेलको समूह बी मा रहेको नेपालले लगातार दुई खेल जित्दै दोस्रो चरणमा स्थान बनाएको छ ।

पहिलो चरणबाट आठ समूहका शीर्ष टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेलहरु जुन ३ देखि ११ तारिखसम्म हुनेछ । दोस्रो चरणमा नेपालसहित चीन अष्ट्रेलिया लेबनान चाइनिज ताइपेइ भियतनाम म्यानमार र इरान प्रवेश गरेका छन् ।

नेपालले पहिलो खेलमा आयोजक प्यालेस्टाइनलाई ६–० र दोस्रो खेलमा नर्दन मारियानालाई पनि ६–० गोलले हराएको थियो । यस समूहबाट संयुक्त अरब इमिरेट्स युएई ले अन्तिममा नखेल्ने घोषणा गरेको थियो । नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ एन्फाका पदाधिकारीले स्वागत गरेका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu