Connect with us
Kapilvast Forest

नमुना बन्यो प्रदेश सभा भवन

२०७९, १ चैत्र बुधबारमा प्रकाशित

बुटवल- लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीमा एक महिनाअघि निर्माण सम्पन्न भएको प्रदेश सभा भवन नेपालकै नमुना बनेको छ। प्रदेश सभाको बैठक भवन संरचना अरू प्रदेशको भन्दा फरक गरी नेपालकै नमुना बनाउने प्रयास गरिएको लुम्बिनी प्रदेश सभा सचिवालयले जानकारी दिनएको छ ।

प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले संसदीय मूल्यमान्यता र अन्तर्राष्ट्रिय अभ्यासका हिसाबले पनि यो प्रदेश सभा भवन उत्कृष्ट बनेको जनाए । नेपालको वर्तमान संसदीय व्यवस्थाको भावनाअनुरूप आकारप्रकार र संरचनागत व्यवस्थापनका हिसाबले पनि देशकै उत्कृष्ट नमुना संसद् भवन भएको दाबी प्रदेश सभा सचिवालयले गरेको छ।

प्रदेश सभा सचिव पुनमगरले प्रदेश सभा नियमावली ०७९ को नियम ६ मा उल्लेख भएअनुसार मुख्यमन्त्री उपसभामुख मन्त्रीहरू विपक्षी दलका नेता र प्रदेश सभा सदस्यहरू बस्ने क्रम मिलाइएको बताए ।

प्रदेश सभा भवनमा मुख्यमन्त्री र प्रमुख प्रतिपक्ष दलका नेता आमनेसामने अर्थात् सम्मुखमा रहने गरी अर्ध चन्द्राकार ढाँचामा संरचना बनाइएका कारण सत्तापक्ष र विपक्षमा रहेका सबैलाई सबैले देख्न सक्ने गरी नक्साङ्कन गरी सोहीअनुरूप कुर्सीको व्यवस्थापन गरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu