Connect with us
Kapilvast Forest

मुस्लिम आयोगद्धारा लोकसेवा तयारी कक्षा शुरु

२०७९, १ चैत्र बुधबारमा प्रकाशित

बिकास थापा- मुस्लिम आयोगले नायब सुब्बाको लागि ४५ दिने लोकसेवा तयारी कक्षा शुरु गरेको छ । रुपन्देहीको मणिग्राम स्थित राममणी बहुमूखि क्याम्पसमा मुस्लिम समुदायलाई लक्षित गर्दैै सोही ४५ दिने लोक सेवा तयारी सम्बन्धी कक्षा सञ्चालन गरेको हो ।

मगंलबार तयारी कक्षा सम्बन्धी एक अभिमुखिकरण कार्यक्रमको आयोजना गर्दै कक्षाको शुभारम्भ गरिएको हो । मुस्लिम समुदायका बिद्यार्थीहरुको निजमती सेवामा पहुच अभिबृद्धिको लागि लुम्बिनी प्रदेशको बुटवल र मधेश प्रदेशको जनकपुरमा २५÷२५ जनाको लागि तयारी कक्षा शुरु गरिएका आयोगका सदस्य माननिय मिर्जा अरशद बेगले बताउनुु भएको छ ।

उहाँका अनुसार विगतका दिनमा केन्द्रीय तहमा मात्र भएको यस प्रकारको तालिममा सबैको पहुच नपुगेको भन्दै यसपाली भने सबैको पहुच पुग्ने गरि २ स्थानमा सञ्चालन भएको हो ।

आयोगले यस तयारी कक्षामा बिशेष गरि मुस्लिम समुदायका प्लास टु देखी स्नाकोत्तरसम्मको बिद्यार्थीहरुको सर्टिफिकेटमा भएको नम्बरका आधारमा महिला पुरुष छनौट गरिएको हो ।

अहिले सम्मको अवस्था हेर्ने हो भने यस समुदायको बिद्यार्थीहरुको लोक सेवा प्रति खासै रुचि नदेखिएको पाईएको भन्दै यसरी निशुल्क कक्षा आयोगले शुरु गरेको आयोगका सदस्य माननिय मिर्जाको भनाई रहेको छ ।

मगंलबार भएको तयारी कक्षा सम्बन्धी एक अभिमुखिकरण कार्यक्रममा आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयका सचिव लालबाबु कवारी र खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयका सचिव जक्की अहमद अन्सारीले आफ्नो सरकारी सेवाको यात्राको अनुभवका बारेमा जानकारी गराउदै मुस्लिम आयोगले परिवर्तनको शुरुवात गरेको भन्दै प्रशंसा ब्यक्त गर्नुभयो ।

मुस्लिम आयोगका सदस्य माननिय मिर्जा अरशद बेगको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देही जिल्लाका निमित्त प्रजिअ धुब्र बहादुर कुवर जिल्लाका एसपी भरत बहादुर बिक राममणी बहुमूखि क्याम्पस सञ्चालक समितिका अध्यक्ष धुब्र बहादुर धिताल क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीको आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा ४५ दिन सम्म सञ्चालन हुने लोकसेवा तयारी कक्षाको सहजिकरण गर्ने चैतन्य एकेडेमिका सिइओ गणेश प्रसाद जोसी ,ईस्लामिक बिद्यवान शमीम अहमद नदवी लगाएत बिद्यार्थीहरुको सहभागिता रहेको थियो । अभिमूखिकरण कार्यक्रमको सञ्चालन क्याम्पसकी प्राध्यापक नर्मता पाण्डेले गनु भएकी थिइन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu