Connect with us
Kapilvast Forest

बर्दिवास महोत्सव शुक्रबारदेखि

२०७९, १ चैत्र बुधबारमा प्रकाशित

बर्दिवास- बर्दिवास महोत्सवको चौथो संस्करण शुक्रबार चैत ३ गते देखि सुरु हुने भएको छ । बर्दिवास उद्योग वाणिज्य संघले विभिन्न जातजाती पेशाकर्मी व्यापारी व्यवसायी रङ्गकर्मीलगायतको सहभागितामा महोत्सव गर्न लागेको जानकारी दिएको छ महोत्सव आयोजनको तयारी अन्तिम चरणमा पुगेको संघले जानकारी दिएको छ ।

महोत्तरीका धार्मिक सांस्कृतिक परम्परा र सम्पदाकमे संरक्षण आन्तरिक पर्यटनको संवर्द्धन तथा व्यापार व्यवसायको प्रवर्द्धनमा यो महोत्सवले योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

बर्दिवास उवा संघका अध्यक्ष विष्णुबहादुर खड्काले गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै भौगोलिक सांस्कृतिक एवम् वातावरणीय विविधता रहेको महोत्तरीमा कृषि उद्योग पर्यटन तथा ऐतिहासिक परम्परा र संस्कृतिलाई जिवत बनाई विकाश र समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यले महोत्सव गर्न लागिएको बताउनुभयो ।

अध्यक्ष खड्काले भन्नुभयोे महोत्सवलाई परिष्कृत व्यवस्थित सफल र उदाहरणीय बनाउन सबैसँग आग्रह गर्दछौं । बर्दिवास नगरपालिकाको संरक्षकत्वमा आगामी चैत ३ गतेदेखि १३ गतेसम्म आयोजना हुने चौथौं संस्करणमा स्थानीय उत्पादन र पर्यटकीय गन्तव्यबारे सूचनामूलक प्रस्तुति जातीय रहनसहन खानपान र भेषभुषाको प्रर्दशन गरिने जनाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu