Connect with us
Kapilvast Forest

जलाशय पुरिँदा कालिगण्डकी जलयात्रामा सङ्कट

२०७९, १ चैत्र बुधबारमा प्रकाशित

स्याङ्जा- कालीगण्डकी ए जलविद्युत् आयोजनाले निर्माण भएको बाँधमा बनेको जलाशय सञ्चालनमा आएको जलयात्रा पछिल्लो समय सङ्कटमा परेको छ । कालिगण्डकी करिडोर र छेउछाउमा मोटरबाटोकाे माटो जलाशयमा खस्दा जलयात्रा सङ्कटमा परेको हो ।

शिला शालिग्राम कालीगण्डकी जलयातायात प्रालिका कोषाध्यक्ष प्रेम माझीले मिर्मी आँधीमुहानदेखि पर्वतको सेतीवेणी शालिग्राम शिलासम्मको जलयात्रा छोटिँदा पर्यटकको अभाव हुन थालेको बताए । कोषाध्यक्ष माझीले जलाशय पुरिँदा जलयात्रा छोटिँदा गल्याङबाटै सडकको प्रयोग गरेर स्वदेशी तथा विदेशी पर्यटक सेतिबेनी पुग्ने गरेको जनाए ।

मिर्मीबाट धार्मिकस्थल सेतिबेनी जान र स्थानीय पर्यटकलाई प्रवर्द्धन गर्ने उद्देश्यले बनाइएको छ किलोमिटर जलाशय पुरिएर दुई किलोमिटर जलयात्रा छोटिएको छ ।२० वर्ष पहिला बनेको आँधिखोला ड्यामबाट सेतिबेनीसम्म नै जलयात्रा हुने गरेकोमा अहिले दुई किमी वरै झरेर शिलाको दर्शनमा पर्यटक जानुपर्ने बाध्यता छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu