Connect with us
Kapilvast Forest

खुदी खोलामा दुई झोलुङ्गे पुल निर्माण गरिने

२०७९, २ चैत्र बिहीबारमा प्रकाशित

गण्डकी- पोखरा महानगरपालिका ३२ स्थित खुदी खोलमा दुई झोलुङ्गे पुल निर्माण गरिने भएको छ । पुरानो गाउँको चौताराको पूर्वी किनारादेखि राजाको चैताराको युनिभर्स चोक तथा सोही वडाकै बाह्रसय चौतारादेखि पूर्वी किनाराबाट मालमुलघारीसम्म जोड्ने दुई झोलुङ्गे पुल निर्माण गर्न थालिएको हो ।

लामो समयसम्म खुदी खोलामाथि पुल नहुँदा १० मिनेटको बाटोका लागि एक घण्टाभन्दा बढी समय खर्चिनुपर्ने अवस्था छ । पुल निर्माणको प्रक्रियाले यस क्षेत्रको समृद्धि र विकासको आशा जागेको हो ।

पुल नहुँदा गगनगौडा क्षेत्रबाट आफ्नै वडा नं ३२ को कार्यालयसम्म पुग्न सर्वसाधारणलाई समस्या भइरहेकामा अब पुल बनेपछि सहज हुने नवीन टोल विकास संस्थाका संस्थापक अध्यक्ष मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu