Connect with us
Kapilvast Forest

कर्णाली कोरिडोर सडक अनिश्चित काललाई बन्द हुने

२०७९, ३ चैत्र शुक्रबारमा प्रकाशित

हुम्ला- कर्णाली कोरिडोरको सिमकोट हिल्सा सडक खण्डको च्याछरा क्षेत्रको सडक अनिश्चित कालका लागि बन्द हुने भएको छ । च्याछरादेखि पातीहाल्नसम्मको सडकको स्तरबृद्धि हुने भएको कारण सडक बन्द हुने भएको हो ।

नाम्खा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले कर्णाली कोरिडोरको सिमकोट हिल्सा सडकको च्याछरा पातीहाल्न सडक बन्द हुने बतानुभयो ।

गाउँपालिकाले सूचना जारी गर्दै सडक चैत ५ गतेदेखि १२ गतेसम्म आंशिक र १२ गतेपछि पूर्ण रूपमा यातायातका साधन सञ्चालन गर्न नपाइने गरी बन्द गरिने भएको छ ।

हिल्सा सिमकोट सडकको नाम्खा गाउँपालिकाको च्याछरादेखि पातीहाल्नसम्मको सडकको स्तरबृद्धि कार्य सुरु हुने भएको कारण सडक बन्द हुने भएको हो । अधिकृत शाहीले सो खण्डको सडकको निर्माण कार्य पुरा नहुन्जेल वा अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu