Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीद्वारा विजेता खेलाडीलाई जनही तीन लाख पुरस्कारको घोषणा

२०७९, ३ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गर्नुभएको छ। विजेता खेलाडीहरूलाई शुक्रवार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गर्नुभएको हो।

खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले भन्नुभयो मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईँहरूले जसरी प्रदर्शन गर्नुभयो त्यसबाट तपाईँहरूले मात्र जित्नुभएको छैन देशले जितेको छ देशको स्वाभिमान उच्च भएको छ राष्ट्रको गौरव बढेको छ। आगामी दिनमा समेत तपाईँहरूको प्रदर्शन थप राम्रो होस् म अग्रिम शुभकामना व्यक्त गर्दछु।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu