Connect with us
Kapilvast Forest

कपिलवस्तु चन्द्रौटामा ७ सय बढीको निशुल्क आँखा जाँच

२०७९, ५ चैत्र आईतवारमा प्रकाशित

न्युज सेन्टर नेपाल- 
कपिलवस्तुको चन्द्रौटामा सनिवार सन्चालन भएको निशुल्क आँखा जाँच कार्यक्रमबाट ७ सय १० जना सेवाग्राही लाभान्वित भएका छन ।

अर्श चेरीटेबल फाउन्डेसनको आयोजना र छन्द (कालेबाबू) नारायणी आँखा अस्पताल बहादुरगन्जको प्राविधिक सहायोगमा निशुल्क आँखा चेकजाँच कार्यक्रम चन्द्रौटा स्थित शाह कम्पलेक्समा सम्पन्न भएको छ ।

फाउन्डेसनका अध्यक्ष रहिस शाहका स्वर्गीय पिता ऐस मोहम्मद शाहको स्मृतिमा आँखा चेकजाँच कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त आँखा जाँच कार्यक्रमको प्रमुख अतिथी शिवराज नगरपालिकाको नगर प्रमुख अजय थापाले निशुल्क आँखा शिविरको आयोजना गर्ने अर्श चेरिटेबल फाउन्डेसनलाई धन्यवाद दिनु भयो ।

नगर प्रमुख थापाले नगरपालिकाले सबै स्थानमा निशुल्क आँखा जाँच कार्यक्रममा गर्न नसकेपनी अर्श फाउन्डेसनले यस्तो पवित्र कार्यक्रम आयोजना गरेकोले सबैलाई सेवा लिनका लागि अनुरोध गर्नु गर्नु भयो ।

सो कार्यक्रममा शिवराज नगरपालिका वडा नं १ का अध्यक्ष खिम विक्रम केसी, ५ नं वडाका अध्यक्ष नेत्र प्रसाद बेल्बासे, चन्द्रौटा उद्योग बाणिज्य सघंका अध्यक्ष इश्वरी प्रसाद पाण्डे, छन्द (कालेबाबू) नारायणी आँखा अस्पताल बहादुरगन्जका प्रसासकिय अधिकृत जसराज विश्वकर्मा, राष्ट्रिय मानवअधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णु प्रसाद खतिवडा, समाजसेवी मधु पोख्रेल, राम निवास मौर्य, जगत पौडेल, रफिक शाह, सफीक शाह, हमिद शाह लगायतले आँखा शिविर कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो ।
आफ्नै घरदैलोमा निशुल्क रुपमा आँखा जाँच गराउन पाउदा स्थानीय खुसी ब्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा १ सय ५० जना मोतिया विन्दको विरामी भेटिएको अर्श चेरीटेवल फाउन्डेसनका अध्यक्ष रहिस शाहले जानकारी दिनुभयो ।
फाउन्डेसनले आगामी दिनमा सामाजिक कार्य गर्दै जाने अध्यक्ष शाहले बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu