Connect with us
Kapilvast Forest

कैलालीमा मुसलधारे वर्षा

२०७९, ७ चैत्र मंगलवारमा प्रकाशित

धनगढी- कैलालीमा मुसलधारे वर्षा भइरहेको छ । आज बिहानदेखि निरन्तर मुसलधारे झरी परिरहेको हो । प्रि–मनसुन अवधि सुरु भएको तेस्रो साताबाट यहाँ केही दिनदेखि नै मौसम बदली रहँदै आएको छ ।

वर्षाको पानी खल्ला जमिनमा भरिन थालेको छ । कतिपय ठाउँमा वर्षाको पानी जमेर मान्छेको घरभित्र पनि पस्न थालेको छ । धनगढीको पार्कमोडस्थित मुख्य बजार क्षेत्रको सडकमा पानी जम्न थालेको छ ।

तीन दिन अगाडिमात्रै पनि हल्का वर्षा भएको थियो । बिहानैदेखि वर्षा भएपछि विद्यार्थीलाई विद्यालय जान सकस भएको थियो । छाता रेनकोट ओढेर मान्छेहरु आवतजावत गरिरहेका छन् ।

मसुरो तोरी काटेर भित्र्याउने बेला भएको वर्षाले त्यस्ता बालीलाई क्षति गर्ने सम्भावना बढेको छ । जल तथा मौसमविज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित वर्षा भइरहेको जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu