Connect with us
Kapilvast Forest

बेनी बजारको अव्यवस्थित तार हटाउन सुरु

२०७९, ८ चैत्र बुधबारमा प्रकाशित

म्याग्दी- म्याग्दीको बेनी बजारमा टाँगिएको अव्यवस्थित तार हटाउन सुरु गरिएको छ । बेनी नगरपालिकाले बजारमा रहेका अव्यवस्थित तारहरू हटाउन थालेको हो ।बजारलाई सफा र सुन्दर बनाउन नगरले विद्युत्का पोलहरूमा अस्तव्यस्त रूपमा रहेका तारहरूलाई हटाउन लागेको हो ।

विद्युत्का पोलहरूमा रहेका तारहरूलाई व्यवस्थित गरेर बजारलाई सफा र सुन्दर बनाउन नगरपालिकाले यो अभियान थालेको हो । विद्युत्का पोलहरूमा रहेका अनावश्यक तारहरूले बजारलाई नै कुरूप बनाउनुका साथै यत्रतत्र झुन्डिएका तारहरूले दुर्घटनाको जोखिम समेत बनाएको थियो ।

नेपाल विद्युत् प्राधिकरण र विभिन्न केवल तथा इन्टरनेट प्रदाय संस्थासँग समन्वय गरेर बजार क्षेत्रका विद्युत् पोलमा रहेका अनावश्यक तारहरू हटाएर नगरलाई सफा र सुन्दर बनाउने अभियान थालिएको नगरका प्रमुख सुरत केसीले बताउनुभयो ।

विभिन्न केबुल तथा इन्टरनेट सेवा प्रदायकहरूले मापदण्ड विपरीत विद्युत्का पोलहरूमा अस्तव्यस्त रूपमा तानिएका तारहरूले बजारको सौन्दर्य कुरूप बनेको र दुर्घटनाको जोखिम समेत बढेको पाइएपछि सेवा प्रदायक सङ्घसंस्थाको सहकार्यमा बजारको बाल मन्दिर चोकबाट तारहरूको व्यवस्थापन गराउने काम सुरु गरिएको नगर प्रमुख केसीले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu