Connect with us
Kapilvast Forest

तानसेनले वितरण गर्‍यो कुहिएको मकैको बीउ

२०७९, ८ चैत्र बुधबारमा प्रकाशित

पाल्पा- नगरपालिकाले कुहिएको मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरेको मकैको बीउ कुहिएको पाइएको हो । नगरपालिकाका विभिन्न वडामा वितरण गरिएको साढे ६ टन मनकामना–३ जातको मकैको बीउ कुहिएको तानसेन–९ का किसान दिनेश पाण्डेयले जनाए ।

नगरपालिकाले अनुदानमा वितरण गरेको मकैको बीउ नाथ्रा कुहिएको छ पाण्डेयले भन्नुभयो तत्काल छानबिन गर्नुपर्छ । तानसेन नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर नगरका अधिकांश वडामा मकै तथा अन्य तरकारीका बीउ वितरण गरिरहेको छ ।

तानसेन नगरपालिकाले भने मकैको बीउ शिव गुफा साना किसान सहकारी संस्था लिमिटेड जुगरा–४, रोल्पाबाट आएको जनाएको छ । नगरपालिकालाई उपलब्ध गराउने जिम्मा भने तानसेनस्थित भण्डारी एग्रोभेट सेन्टरले पाएको नगरपालिकाका कृषि शाखाका नायव सहायक प्राविधिक सरोज तिमिल्सिनाले बताउनु भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu