Connect with us
Kapilvast Forest

ठेकेदारले लगाए विद्यालयमा ताला

२०७९, ८ चैत्र बुधबारमा प्रकाशित

सल्यान- विद्यालय भवन निर्माणको रकम भुक्तानी नपाएको भन्दै सल्यानको एउटा सरकारी विद्यालयमा तालाबन्दी गरिएको छ। विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ।

आठकोठे र चारकोठे दुई भवनमा तालाबन्दी हुँदा विद्यार्थीको पढाइमा समस्या भएको छ। विद्यालयका सहायक प्रधानाध्यापक कृष्णबहादुर बुढाथोकीले विद्यालयमा तालाबन्दी हुँदा विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परेको बताउनुभयो।

चार दिन पहिलेदेखि लागेको ताला अझै खुलेको छैन। त्रिवेणी गाउँपालिका–१ रिट्ठाचौर काभ्राको जनता माध्यमिक विद्यालयमा निर्माण व्यवसायीले विद्यालयका दुईवटा भवनमा तालाबन्दी गरेपछि पठनपाठन प्रभावित भएको हो।

कक्षा १२ मा अध्ययनरत विद्यार्थी मीनराज खड्काले नयाँ भवनमा डिजिटल प्रविधिबाट पढ्दै आइरहेको तर त्यहाँ ताला लागेपछि कक्षा ११ र १२ का विद्यार्थी साथै बसेर पढ्नु परेको बताउनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu