Connect with us
Kapilvast Forest

८२ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया

२०७९, ९ चैत्र बिहीबारमा प्रकाशित

म्याग्दी- हिमाली जिल्ला म्याग्दीको बेनीमा भएको निःशुल्क आँखा चेकजाँच तथा शल्यक्रिया शिविरमा ८२ जना व्यक्तिको आँखामा भएको मोतियाविन्दु समस्याको सफल शल्यक्रिया गरिएको छ ।

जिल्लाका विभिन्न स्थानमा भएको घुम्ती शिविरबाट पहिचान भएका तथा बेनीमै भएको शिविरमा पहिचान भएका गरी कुल ८२ जनामध्ये ३ जना रोगीको दुवै आँखामा मोतियाविन्दुको शल्यक्रिया गरिएको नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखा म्याग्दीका सभापति अमरबहादुर बानियाँले जानकारी दिनुभयो ।

तीन दिनसम्म बेनीमा भएको निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरको ओपिडी परीक्षणमा आठ सय ६९ जनाले आँखाको परीक्षण गराउनुभएको थियो । बेनी अस्पताल म्याग्दी परिसरमा सञ्चालित शिविरबाट ३५ जना मोतियाबिन्दुका बिरामी पहिचान भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu