Connect with us
Kapilvast Forest

हत्या कसुरमा जन्मकैदको फैसला

२०७९, ९ चैत्र बिहीबारमा प्रकाशित

दैलेख- जिल्ला अदालतले डेढ वर्षअघि शिक्षकको हत्या गरेको कसुरमा गुराँस गाउँपालिका–८ मुकुट्ककी २८ वर्षीया मुना राना खड्कालाई जन्मकैद गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले बुधबार कसुरदार मुना राना खड्कालाई जन्मकैद र मुनाका पति ३५ वर्षीय डम्बर खड्कालाई सफाइ दिएको जिल्ला अदालत दैलेखका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले कुरदारलाई जन्मकैद २५ वर्ष काराबास बस्नुपर्ने पीडित पक्षलाई एक लाख रुपियाँँ क्षतिपूर्ति तिर्नुपर्ने र पीडित राहत कोषमा २८ सय रुपियाँ जम्मा गर्नुपर्ने सजाय तोकिएको फैसलामा उल्लेख गरिएको जानकारी दिनुभयो ।

मालिका माध्यमिक विद्यालय लालीकाँडा मुकुट्मा राहत शिक्षक पदमा कार्यरत ४२ वर्षीय नगेन्द्रबहादुर बिसीको ०७८ भदौ २९ गते राति हत्या भएको थियो । आफूमाथि यौनजन्य दुर्व्यवहार गरेको भन्दै मुना राना खड्काले हत्या गरेको बयान दिनुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu