Connect with us
Kapilvast Forest

निर्वाचित स्ववियु पदाधिकारीलाई सम्मान तथा बधाई

२०७९, ९ चैत्र बिहीबारमा प्रकाशित

कपिलवस्तु
नेपाली कांग्रेस शिवराज नगर समितिले स्ववियुमा निर्वाचीत पदाधिकारीहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । समयथान बहुमुखी क्याम्पस खरेन्द्रपुरबाट निर्वाचीत भएका नेबिसघका बिद्यार्थीहरुलाइ बधाई ज्ञापन गरेको नगर सचिव बिष्णु पोख्रेलले बताउनुभयो ।

नबनिर्वाचित पदाधिकारीहरुलाइ कांग्रेस जिल्ला उपसभापति हुमाकान्त खनाल, जिल्ला सचिव प्रेमबहादुर रायमाझी, जिल्ला सदस्य हरिप्रसाद पोख्रेल, केसब पाण्डे, पुर्व सचिव बिनोद नेपाल, नगर सभापति मधु सुदन पोख्रेल, नेबिसघ पुर्व जिल्ला उपसभापति मधुसुदन कोइराला लगाएतले टीका माला र खादाले सम्मान गर्नुभएको थियो ।

जिल्ला उपसभापति हुमाकान्त खनालले क्याम्पसमा अध्ययनरत सबै बिधार्थिको हकहितमा काम गर्न निर्देशन दिनुभयो । उहाले बिधालयमा सरसफाइ , बिधालयमा भएका समस्या लगाएतमा एकताबद्ध भएर काम गर्न आग्रह गर्नुभयो ।

यस्तै सचीव प्रेमबहादुर रायमाझीले सफल कार्यकालको सुभकामना व्यक्त गर्दै बिधार्थिको हितमा काम गर्न सुझाउनुभयो ।

स्ववियु सभापति राकेस कुमार वरइले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्ने बताउनुभयो ।

कार्यक्रम नगर सभापति मधुसुदन पोख्रेलको सभापतित्व , कांग्रेस जिल्ला उपसभापति हुमाकान्त खनालको प्रमुख आतिथ्यता , नेबिसघ पुर्व जिल्ला उपसभापति मधुसूदन कोइरालाको स्वागत र सचिव बिष्णु पोख्रेलको संचालनमा सम्पन्न भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu