Connect with us
Kapilvast Forest

कपिलवस्तुको बुद्धभूमी क्याम्पसमा ताला

२०७९, ८ चैत्र बुधबारमा प्रकाशित

न्युज सेन्टर नेपाल –
फर्जी विद्यार्थीलाई स्ववियु निर्वाचनमा सहभागी गराएको भन्दै कपिलवस्तुको एक बहुमुखी क्याम्पस प्रशासन शाखामा नेविसंघले ताला लगाएको छ । नेपाल बिद्यार्थी संघ इकाई कार्य समिति बुद्धभूमिले जिल्लाको बुद्धभूमी क्याम्पस चौवन्नपूरमा ताला बन्दी गरेको छ । नेविसंघले बुद्धभूमी क्याम्पसको प्रशासन शाखामा ताला लगाएको इकाई सभापती जीवन प्रसाद भुसालले प्रेस विज्ञप्ती मार्फत जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयवाट सम्बन्धन प्राप्त बुद्धभुमी बहुमुखी क्याम्पसमा चैत्र ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन लाई लक्षित गरी क्याम्पस प्रशासनले राजनैतिक ओतप्रोतको आधारमा शैक्षिक योग्यता नपुगेका विद्यार्थीलाई स्ववियु निर्वाचनमा सहभागी गराएको भन्दै ताला लगाइएको छ ।

क्याम्पस भर्ना लिएको र फर्जि कागजात मिलाई स्ववियु निर्वाचनमा एकलौटी गर्ने गराउने कार्यको घोर भ्रषनाका साथ शैक्षिक योग्यता प्रमाण पत्र अविलम्ब जाचबुझ र पारदर्शिता कायम नगरे सम्म क्याम्पस प्रशासनमा ताला बन्दी गरिएको इकाई सभापती जिवन प्रसाद भुसालले बताउनुभयो ।

साथै अध्ययन अध्यापन भने सुचारु रहने इकाई सभापती जिवन प्रसाद भुसाल ले बताउनुभयो । बुद्धभूमी क्याम्पसमा अनेरास्ववियुको समुह जितेको थियो ।

प्रेस विज्ञप्ती

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu