Connect with us
Kapilvast Forest

महाराजगंजमा सम्पन्न नि:शुल्क आँखा शिबिरमा १ हजार ४ सय ४३ जनाले चेकजाँच गराए

२०७९, ९ चैत्र बिहीबारमा प्रकाशित

२०७९, ०९ चैत्र

कपिलवस्तु- कपिलवस्तुको महाराजगंज नगरपालिका कार्यालयको आयोजना र छन्द कालेबाबु नारायनी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर सम्पन्न गरिएको छ ।
महाराजगंज नगरपालिकाको वडा नं ०९ मा संचालित मोहम्मद सलिम एकेडमी शान्तीनगरमा संचालन गरिएको २ दिने नि:शुल्क आँखा शिबिरमा महिला ७ सय ८० पुरुष ६ सय ६३ गरि जम्मा १ हजार ४ सय ४३ जनाले आँखा चेकजाँच गराएको महाराजगंज नगरपालिकाको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो। शिविरमा महिला ९३ पुरुष ८८ गरि जम्मा १ सय ८१ जनाको मोतिया बिन्दुको अपरेसन गरिएको तथा ५सय ८ जना चस्मा तथा औषधी बितरण गरि पठाईएको नगर प्रमुख कलामले बताउनु भयो । मोतिया बिन्दुको अप्रेशन गरिएको ब्यक्तिहरुलाई कालो चस्मा समेत बितरण गरि मात्रै घर पठाईने नगर प्रमुख कलामले बताउनु भयो ।
नगरवासीहरुलाई घर आगनमै सेवा उपलब्ध गराउने उद्देश्यले महाराजगंज नगरपालिकाले प्रत्येक बर्ष नगरपालिकाका नागरिकहरुका लागि निशुल्क आँखा शिविर सन्चालन गर्दै आएको नगर प्रमुख कलामले बताउनु भयो । महाराजगंजमा संचालित शिबिरमा छिमेकी नगरपालिकाहरुको नगरवासीहरुले समेत सेवा लिएको बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu