Connect with us
Kapilvast Forest

सत्र करोड खर्च हवाई उडान ठप्प

२०७९, १२ चैत्र आईतवारमा प्रकाशित

बैतडी- बैतडीको पाटन विमानस्थल फेरि सञ्चालन गर्न १७ करोड रुपियाँ खर्च गरेर धावन मार्ग र टर्मिनल भवन चिटिक्क बनाएपछि हवाई उडान ठप्प भएको छ। विमानस्थल कालोपत्रेपछि २०७७ असोज १७ गते तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले पाटन विमानस्थलको उद्घाटन गर्नुभयो। उद्घाटनपछि हप्ताको एक दिन विमान उडे पनि २०७८ चैत १० गतेयता पाटन विमानस्थल सुनसान बनेको छ।

धावन मार्ग र टर्मिनल भवन चिटिक्क बनेयता एक वर्षसम्म बैतडीको आकाशमा विमान देखा नपरेको स्थानीय वसन्त विष्टले बताउनुभयो। उडान बन्द हुँदा विमान चढ्ने धोको अधुरै रहेको उहाँले जानकारी दिनुभयो ।

हवाई उडान बन्द भएको एक वर्षको अवधिमा यहाँ पाँच करोड ६२ लाख रुपियाँ खर्च गरेर विमानस्थलको नयाँ टर्मिलन भवनको काम सकेर रङरोगनपछि चिटिक्क पारिएको छ। कन्ट्रोल टावरको निर्माण अहिले पनि चलिरहेको इन्जिनियर कवीन्द्र वज्राचार्यले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu