Connect with us
Kapilvast Forest

हिमाली गाउँपालिकामा पोषणयूक्त कार्यक्रम सुरु

२०७९, १३ चैत्र सोमबारमा प्रकाशित

बाजुराको हिमाली गाउँपालिकामा वडा र टोलमा पोषणयूक्त कार्यक्रम उद्घाटन  गरिएको छ । हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षतामा कार्यक्रम सुरु भएको हो । अध्यक्ष मल्लले ब्यानर बाचन गरी कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।

हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी वडा अध्यक्षहरु वडा सदस्यहरु शाखा प्रमुख कर्मचारी सुरक्षाकर्मी लगायत स्थानीय बासिन्दाहरुको सहभागितामा कार्यक्रम संचालन गरिएको हिमाली गाउँपालिका पोषण अधिकृत भावना गिरीले जानकारी दिनुभयो ।

हिमाली गाउँपालिका वडा नम्बर ७ को बाधु दुई वटा टोल, ६ को बोल्डिक गाउँ दुई वटा वडाका चार टोलका स्थानीय महिला सहभागिता गराइ गाउँपालिकाको धुलाचौरमा पोषणयुक्त वडा र टोल कार्यक्रम उद्घाटन गरिएको छ। पालिकाको बाकी रहेका वडा र टोलमा कार्यक्रम निरन्तरता रूपमा गरिने छ। सबै ठाउँ स्थानीय नागरिक वडा हुदै टोलमा गएर पोषण मुक्त वडा बनाउने उदेश्य राखेर जनचेतनामूलक कार्यक्रमको सुरु गरिएको हो ।

असार मसान्तसम्म पालिकाले पोषणयुक्त कार्यक्रम राखेको हुँदा यही मसान्त भित्र कार्यक्रम सफल बनाउने तरिकाले लागी परिरहेको हिमाली गाउँपालिका पोषण अधिकृत भावना गिरीले जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu