Connect with us
Kapilvast Forest

हात्तीपाइले रोगविरुद्धको लक्ष्य पूरा

२०७९, १४ चैत्र मंगलवारमा प्रकाशित

धनगढी- हात्तीपाइले रोगविरुद्धको आमऔषधि सेवन अभियानले कैलालीमा यस वर्ष लक्ष्य हासिल गरेको छ। कैलालीमा १० वर्षसम्म यो अभियान व्यर्थ भएको थियो। २० दिनसम्म अभियान सञ्चालन गरेर लक्ष्य पूरा गरिएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार नौ लाख २६ हजारभन्दा बढी जनसङ्ख्या रहेको यो जिल्लामा यस वर्ष सात लाख ५९ हजार ६११ जनाले हात्तीपाइले रोगविरुद्धको आमऔषधि खाएका छन्। जुन ८१.९५ प्रतिशत प्रगति रहेको सो कार्यालयले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीका अनुसार यस पटक ८० प्रतिशतलाई आमऔषधि खुवाउने लक्ष्य रहेको थियो तर लक्ष्यभन्दा बढीलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सफलता प्राप्त भएको छ। उहाँले भन्नुभयो तोकिएको लक्ष्य हामी ११औँ अभियानमा हासिल गर्न सफल भएका छौँ। जिल्लाभरि लक्ष्यभन्दा बढीले आमऔषधि खाएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu