Connect with us
Kapilvast Forest

जडीबुटी निर्यात रोकिँदा करोडौँ नोक्सानी

२०७९, १४ चैत्र मंगलवारमा प्रकाशित

नेपालगञ्ज- भारततर्फ निकासी गर्ने गरी दुई वर्षअघि खरिद गरिएको सात सय टन जडीबुटी निकासी हुन नसक्दा सड्ने अवस्थामा पुगेको व्यवसायीले बताएका छन् । भारतीय प्लान्ट क्वारेन्टाइनले १६ प्रकारका जडीबुटीलाई निकासी सूचीमा नसमेटेकाले निर्यात हुन नसकेको जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष टङ्कप्रसाद शर्माले जानकारी दिनुभयो ।

जडीबुटी व्यवसायी सङ्घका महासचिव भानुभक्त रिजालले नेपाली जडीबुटीको ८० प्रतिशत बजार भारत नै भएकाले निकासीमा हुने अड्चन हटाउने विषयलाई पनि प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डा बनाउनुपर्ने बताए । निकासी रोकिएपछि गोदाममा थन्किएका अधिकांश जडीबुटी कुहिन थालेको व्यवसायी मोहम्मद याकुब अन्सारीले बताउनुभयो ।

निर्यातका लागि तयार गरिएको जडीबुटी अलपत्र हुँदा व्यवसायीको करोडौँ रुपियाँ नोक्सान हुने अवस्था आएको भन्दै सरकारले निर्यातको वातावरण बनाइदिनुपर्ने उहाँको माग छ । शर्माका अनुसार जटामसी मार्क अमला सिकाकाई तिगेडी कुट्की दालचिनी पाखनभेद चुत्रो बोक्रा चुत्रो काठ पदमचाल तेजपात सुगन्ध कोकिला अश्वगन्धा पाउडर अमलवेद र टिमुरलगायत १६ प्रकारका जडीबुटीको निकासी बन्द भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu