Connect with us
Kapilvast Forest

माओवादी केन्द्रका नेता कुशवाह जनमत पार्टीमा प्रवेश

२०७९, १५ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं- नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवचन्द्र प्रसाद कुशवाह जनमत पार्टीमा प्रवेश गर्नु भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जनमत पार्टीका अध्यक्ष सिके राउतले उहाँलाई पार्टीमा प्रवेश गराउनु भएको हो । त्यसक्रममा कुशवाहले बारा क्षेत्र नम्बर २ का जनताको भावना अनुसार चुनाव लडन आफू जनमत पार्टीमा प्रवेश गर्नु परेको स्पष्ट पार्नु भयो ।

तर जनताको भावना विपरित माओवादी केन्द्रले उपेन्द्र यादवलाई उपचुनावमा लडाउने भएपछि आफूले सो पार्टी परित्याग गर्नु परेको पनि कुशवाहले बताउनुभयो । कार्यक्रममा बोल्दै जनमत पार्टीका अध्यक्ष राउतले आफ्नो पार्टी जनताको मात्रै नभई नेताको पनि उद्धार गर्ने पार्टी भएको दाबी गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu