Connect with us
Kapilvast Forest

विद्युत सर्टबाट मृत्यु भएकी बालिकाका परिवारलाई एक लाख सहयोग

२०७९, १५ चैत्र बुधबारमा प्रकाशित

सिन्धुपाल्चोक- जुगल गाउँपालिका–३ गुम्बा गाउँमा करेन्ट लागेर मृत्यु भएकी बालिकाको परिवारलाई नेपाल तरुण दल सिन्धुपाल्चोकले आर्थिक सहयोग प्रदान गरेको छ । तरुण दल सिन्धुपाल्चोक सभापति सञ्जय लामाले पीडित परिवारलाई नगद एक लाख पाँच हजार प्रदान गर्नु भएको छ ।

१४ वर्षीया बालिका नोर्जीवाङ्मु लामाको १५ फागुनमा आलुबारीमा काम गर्ने क्रममा जमिनमा छरिएका नाङ्गो तार छुँदा मृत्यु भएको थियो । बालिकाको शव सदरमुकाम चौतारास्थित अस्पतालको पोष्टमोर्टन कक्षमा एक साता राखिएको थियो । क्षतिपूर्तिको माग गर्दै परिवार र स्थानीयले जिल्ला प्रशासन र विद्युत प्राधिकरण चौतारा वितरण केन्द्रमा धर्नासमेत दिएका थिए ।

बालिकाको बुबा मिक्मारदोर्जे लामालाई दलका अध्यक्ष लामा उपाध्यक्ष जितबहादुर थिङ र सचिव निशान लामासहितको टिमले किरियाखर्चस्वरुप सहयोग रकम हस्तान्तरण गर्नुभयो । पीडित परिवारको आर्थिक अवस्था कमजोर छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu