Connect with us
Kapilvast Forest

सात सय परिवारलाई लालपुर्जा

२०७९, १८ चैत्र शनिबारमा प्रकाशित

सुर्खेत- भूमिसम्बन्धी समस्या समाधान आयोग सुर्खेतले जग्गाधनी पुर्जा वितरणलाई तीव्र पारेको छ। काम सुरु गरेको एक वर्षमा सात सयभन्दा बढी परिवारलाई स्थायी पुर्जा वितरण गरिएको आयोगका अध्यक्ष श्रीधर पौड्यालले बताउनुभयो ।

सुरुवाती चरणमा जिल्लाका पाँच पालिकामा केहीलाई मात्रै पुर्जा वितरण गरिएको हो। प्रक्रिया पूरा गरेर अन्यलाई पनि चाँडै वितरण गर्ने तयारीमा आयोग रहेको छ। अध्यक्ष पौड्यालका अनुसार चौकुने गाउँपालिका र गुर्भाकोट नगरपालिकामा थप पुर्जा प्रदानका लागि अन्तिम चरणको काम भइरहेको छ। प्रक्रिया पूरा भएपछि अबको केही दिनभित्रै पुर्जा वितरण गरिने जनाइएको छ।

तत्कालीन राप्ती बसोबास आयोगले नापजाँच गरेका जग्गाको लालपुर्जा उपलब्ध गराएको हो। हालसम्म जिल्लाका पाँचवटा स्थानीय तहका ७१४ परिवारलाई पुर्जा वितरण गरिएको अध्यक्ष पौड्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पश्चिम सुर्खेतका वराहताल पञ्चपुरी र चौकुने तथा पूर्वतर्फ गुर्भाकोट र भेरीगङ्गाका केही परिवारलाई पुर्जा प्रदान गरिएको छ। पछिल्लो पटक चैत १२ गते गुर्भाकोट नगरपालिका–८ का १५१ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो।

जिल्लाका अन्य चार पालिकामा भने पुर्जा वितरण हुन सकेको छैन। ती स्थानीय तहमा फाइल तयार गर्ने जग्गा नापजाँचलगायतको काम भइरहेको जानकारी पौडेलले दिनुभयो। सबै काम सकिएपछि तत्कालै पुर्जा वितरण गरिने जनाइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu